बुटवल,१४ फागुन ।
बुटवलमा संचालित सिद्धवावा दूर्गा भवानी शिव कुमारी सैजू वृद्धाश्रम सरकारी र स्थानीय तहको सहयोग नहुदा संचालकहरुमा चिन्ता थपिएको छ ।
पाका पुस्ताहरुलाई संरक्षण दिन खोलिएको वृद्धा आश्रम हाल केही दाताहरुको भरमा टिकेको छ ।
यी बृद्धहरु जसलाई राज्य र स्थानीय तहवाट लालनपालन हुनु पर्ने हो त्यो त भएन नै स्थापना भएको १८ वर्ष वितिसक्दा पनि जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले कुनै आर्थिक सहयोग नगरेको आश्रमका व्यवस्थापक कृष्ण प्रसाद रेस्मीले बताए ।
१६ जनाको क्षमता रहेको आश्रमा अहिले ५ जना मात्र पाकापुस्ता रहेकोले आश्रममा राख्नका लागि कोही कसैको सम्र्पकमा रहेका असहाय, वेसाहारा बृद्धबृद्धाहरुलाई संस्थामा पठाउन समेत व्यवस्थापक कृष्णकाे आग्रह छ ।
आश्रमको अवस्था देखेर लायन्स क्वल अफ बुटवल डाईनामिक टुरिजमले शनिवार बृद्धा आश्रममा रहेका पाकापुस्ता र कार्यरत कर्मचारीलाई भोजन गराएको कार्यक्रम संयोजक वाबुराम गौतमले जानकारी दिए ।
कार्यक्रममा क्लवका गाईडलाईनर राम प्रसाद गौतमले समाजमा पछाडी परेका असहायहरुको उत्थानका लागि क्लवले काम गर्न जरुरी रहेको बताए ।
क्लवका संस्थापक अध्यक्ष समुन्द्र जिसीले सामाजिक अभियान्ताहरुको संगम स्थल क्लव भएकाले यसलाई सोही अनुसारको काममा लगाउन जरुरी रहेको भन्दै क्लवमार्फत पर्यटन व्यवसायीलाई अन्र्तराष्ट्रिय रुपमा परिचित गराउन टुरिजम जोडिएको जानकारी गराए ।
त्यस्तै क्वलबका अध्यक्ष महेन्द्र श्रेष्ठले सेवाभावले क्लवमा आवद्धता भएको भन्दै पर्यटन व्यवसायीहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न क्लवले प्रेणा मिलेको धारणा राखे ।
क्लबका सचिव टीका ज्ञवालीले समाजमा हुने खानेहरुले यी यस्ता असहायहरुको पक्षमा थोरै थोरै भएपनि योगदान गर्न जरुरी रहेको बताए ।
क्लवका प्रथम उपाध्यक्ष टंक पोखरेलले सामाजिक क्षेत्रमा काम गर्न ईच्छुकहरुलाई पनि कहाँ र कसरी सहयोग गर्ने भन्ने जानकारी नहुदा समस्या हुने गरेको बताए ।






