बुटवल,१३ फागुन ।
गुल्मीको धुर्कोट २ पिपलधारमा पहिलो पटक ल्याव सेवा शुरु भएको छ । पहिलादेखि नै स्वास्थ्यचौकी भएपनि ल्याव सेवा नहुदां सामान्य रोगको पहिचानका लागि पिपलधाराका नागरिकहरु जिल्ला सदरमुकाम तम्घास सम्म पुग्नु पर्दथ्यो ।

ल्याव शुरु भएसंगै रोग पहिचानको लागि अव अन्यत्र जान नपर्ने स्वाथ्य चौकीले जनाएको छ । सो ल्यावको एक कार्यक्रमकाविच धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोख्रेलले उद्घाटन गरे ।

उनले आफै रगत परिक्षण गरेर ल्यावको शुभारम्भ गरेका हुन् । स्थानिय सरकारको समेत आर्थिक सहयोगमा ल्याव शुरु भएपछि पिपलधारा वासीका लागि ठुलो उपलब्धी भएको पिपलधाराका वडा अध्यक्ष नविन जिसीले बताए ।

आफु निर्वाचित भएदेखि नै ल्यावका लागि पहल गरेपनि अहिले वल्ल काम सम्पन्न भएको भन्दै उनले यसको लाभ लिन वडावासीलाइ आग्रह गरे । पालिका अध्यक्ष पोख्रेल र उपाध्यक्ष शिव वहादुर केसीले ल्यावसंगै पिपलधारा स्वाथ्यचौकीलाई जनशक्ति र अन्य पुर्वाधारले सुविधा सम्पन्न गराउने प्रतिवद्धता जनाए ।

स्वाथ्यचौकीमा २४ सै घण्टा वर्थिङ सुविधा, विशेषज्ञ चिकित्सक, निशुल्क औषधी लगायतको व्यवस्थाका लागि पहल गर्न स्थानियले माग गरेका छन् । नजिकको सरकार स्थानीय सरकार भएकोले स्थानीयको माग लाई सम्बोधनका लागि पहल गरिने जनप्रतिनिधिहरुको भनाई छ ।