काठमाण्डौ,१३ फागुन ।
प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको हो ।

यसअघि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज बस्ने गरी स्थगित गरिएको थियो । आज पनि सरकारको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

हिजो बिहीवारका लागि तय भएको बैठक सरकारको आग्रहमा आजसम्मका लागि स्थगित भएको थियो ।