बुटवल,१२ फागुन ।
नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले आफ्ना एक हजार ३८ कर्मचारीको दुर्घटना वीमा गरेको छ ।
बुधबार बुटवलमा एक कार्यक्रमकाबीच सगरमाथा ईन्सोरेन्स कम्पनी र कर्मचारी युनियनबीच युनियन सम्वद्ध १ हजार ३८ कर्मचारीहरुको वीमा सम्झौंता पत्रमा हस्ताक्षर भएको हो ।
कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय र सगरमाथा ईन्सोरेन्स कम्पन्नी बुटवल शाखाका प्रमुख रोमनाथ ढकालले वीमा सम्झौंतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कर्मचारीहरुको दुर्घटना भए एक लाख रुपयाँ रकम प्राप्त गर्नेछन् ।
नेपाल निजामती कर्मचारी युनियका केन्द्रीय उपाध्यक्ष मदन गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पपन्न भएको हो ।

कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष गौतमले युनियन रुपन्देहीले आफ्ना सदस्यहरुको वीमा गरेर फरक खालको तर उदाहरणीय कार्य गरेको उनले बताए । उनले दुर्घटनाबाट हुने क्षतिको न्यूनिकरणको लागि वीमा आवश्यक रहेको बताए ।

नेपाल निजामती कर्मचारी युनिय जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेयले निर्वाचित भएर आएपछि युनियनको पहिलो बैठकले सदस्यहरुको वीमा गर्ने निर्णय गरे बमोजिम वीमा गरिएको जानकारी दिए । उनले संगठन विस्तार गर्दै सदस्यहरुको सेवा सुविधा तथा हक हितको लागि युनियले काम गर्दै आएको बताए ।

युनियनका जिल्ला उपाध्यक्ष टेकराज पन्थीले जिल्लामा रहेका १ हजार ३८ सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गरिएको जानकारी दिए । सगरमाथा ईन्सोरेन्स बुटवलका शाखा प्रमुख रोमथनाथ ढकालले दुर्घटनाबाट अंगभग वा मृत्यु भएमा वीमा कम्पनीले १ लाख रकम भुक्तानी दिने जानकारी दिए ।
यस्तै कार्यक्रममा केन्द्रीय सचिब गणेश भण्डारी,केन्द्रीय सदस्य इन्दु शर्मा,नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिब विक्रम खड्का, सिविए उपाध्यक्ष भोजराज न्यौंपान, सहसचिब पदम आचार्य लगायतले बोलेका थिए ।