लमजुङ,१० फागुन । लमजुङकाे बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ ।

गएराति २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रबिन्दु भएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहने केन्द्रले जनाएको छ ।

जिल्लामा यसअघि माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु भएर तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो।