‘माओवादी र नेकपा एसबाट आश मरेपछि एमसीसी पास गराउन अमेरिका एमाले फकाउदै !’
बुटवल, ७ फागुन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थीकै कारण एमसीसी पास हुने खतरा रहेको भन्दै त्यसप्रति नेपाली जनता सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
अमेरिका शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एमसीसी पास गराउन लागि परेको बताउदै उनले नेकपा एकीकृत समाजवादीबाट आश मरेपछि अहिले अमेरिका एमालेको पछिलागेको दावी गरे ।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेकपा एकीकृत समाजवादीबाट आश मरेपछि एमसीसी पास गराउनका अमेरिका अहिले एमालेलाई फकाईरहेको दावी बताए ।
एमसीसी पास गराउने विषयमा अमेकिराले राष्ट्रिय जनमोर्चाको आशै नगरेको बताउंदै अध्यक्ष केसीले एमाओवादी र नेकपा एकीकृत समाजवादीबाट आश मरेपछि अमेरिका एमालेको पछिलागेको दावी गरे ।
एमसीसीले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताउदै उनले अहिले अमेरिकन जासजुस नेपाल आएर नेपालीलाई फकाइरहेको दावी समेत गरे ।
सत्ता चलाउनेहरुको असक्षताका कारण नोपलमा विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै अध्यक्ष केसीले सत्ता चलाउनेहले विदशी शक्तिकेन्द्रहरुसंग दलाली गरिरहेको आरोप लगाए ।
न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकालाई कमजोर बनाइएकाले देश विघटनको अवस्थातिर गएको भन्दै यनले नेपालको प्राकृतिक सम्पदा र जलश्रोतमाथि विदेशी हस्तक्षेपका कारण देशको आर्थिक अवस्था संकटमा परेको बताए । .
देशको राष्ट्रिय पूंजीलाई संरक्षण गरी दलाल पूजीलाई विस्थापित गर्नुपर्ने भन्दै उनले नीजिकरण र उदारिकरणले अर्थतन्त्र ध्वस्त भएको तर्क गरे ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका संस्थापक अध्यक्ष भैरवराज रेग्मीले देशलाई आर्थिक रुपले बलियो बनाउन राष्ट्रिय अर्थतन्त्रको संरक्षण गरी राष्ट्रिय पूंजीको विकास गर्नुपर्ने बताए ।
सामूहिक लगानीको उत्पादनबाट राष्ट्रिय पूंजी बढाउनु पर्ने बताउंदै उनले राष्ट्रिय पूंजीको विकास र दलाल पूंजी विस्थापित नगरेसम्म देश समाजबादमा जान नसक्ने बिचार ब्यक्त गरे ।






