जेठ दुई गते बुद्धजयन्तीदेखि व्यावसायिक उडान सुरु गर्ने तयारी
बुटवल,६ फागुन । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि‘क्यालिब्रेशन फ्लाइट’ सुरु भएको छ । त्यस क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच भैरहेको छ ।

शुक्रबार बिहान ११ बजेदेखि क्यालिब्रेशन फ्लाइट हुने भनिए पनि दिउँसो २ बजेमात्र सुरु भएको थियो ।
एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाइ) ले गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणकाे बिमानले क्यालिब्रेशन फ्लाइट गरेको हो ।
आवश्यक पुर्व तयारी पछि आजदेखि क्यालिब्रेशन फ्लाइट सुरु भएको विमानस्थल निर्माण परियोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
आजदेखि सुरु भएको क्यालिब्रेशन फ्लाई एक हप्ता देखि १० दिनसम्म चल्ने र त्यसको रिपोर्टकाे आधारमा परिक्षण उडान हुने उनलेे बताए ।
क्यालिब्रेशन फ्लाइट सुरु भएसँगै भैरहवा विमानस्थलबाट हुने अन्य उडान दिनभर ठप्प भएको छ ।
क्यालिब्रेशन फ्लाइटका लागि गाैतमुद्व बिमानस्थलबाट बिहान केही उडान मात्रै भएर बन्द गरिएको थियो ।
त्यसका लागि गाैतमबुद्व विमानस्थलमा दिउँसोका सबै उडान पूर्णरुपमा बन्द गरिएको गाैतमबुद्व बिमानस्थलका महाप्रबन्धक गाेविन्द प्रसाद दाहालले जानकारी दिए ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा निर्माण सुरु भएको विमानस्थल कोरोना महामारी र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पाँच वर्ष ढिला भएको थियोे ।
विमानस्थलमा ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग रहेको छ । यहाँबाट व्यावसायिक उडान सुरु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आउँदो जेठ दुई गते बुद्धजयन्तीदेखि विमानस्थलमा व्यावसायिक उडान सुरु गर्ने तयारी छ ।
हाल भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुँदै आएको छ ।






