काठमाडौ,२४ माघ ।
नेपालमा साेमबार थप १ हजार ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी ११ हजार ३६५ नमुना परीक्षण गर्दा एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना काेराेना संक्रमीत निकाे भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ लाख १५ हजार ४८९ जना संक्रमित निकाे भएका छन भने ११ हजार ८२७ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन् । जसमध्‍ये ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार साेमबार काठमाडौं उपत्यकामा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ३५०, ललितपुरका ५९ र भक्तपुरका २८ जना रहेका छन् ।

आज कुन जिल्लामा कति जनामा काेराेना संक्रमण ?

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यका बाहिर सबैभन्दा धेरै मोरङमा ९०, कास्कीमा ५६, झापामा ४३, सुनसरी र नुवाकोटमा ३४/३४ जना तथा काभ्रेपलाञ्चोकमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा २३, चितवनमा २१, बाँकेमा १६, मकवानपुरमा १४, दाङमा १३, तनहुँमा १२, धनुषामा ११ र नवलपरासी पुर्वमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।