बुटवल,५ मंसिर ।
नेपाल मगर संघ बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरकाे १२ औं बार्षिक साधारणसभा तथा साताै अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।

संघका वडा अध्यक्ष चेत बहादुर लामीछाने मगरकाे सभापतित्व र
नेपाल मगर संघका रूपन्देहीका जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष लामिछाने मगरले आफ्नो कार्यकालमा भए गरेका कार्यकाे प्रतिवेदन,काेषाध्यक्ष भुपाल थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साे अवसरमा संघकी बरिस्ठ सल्लाहकार तथा पुर्व अध्यक्ष समेत रहेकी काेभिड-१९ महामारीको समयमा काेराेना संक्रमणबाट मृत्यु भएका मृतकको शव ब्यवस्थापन गर्ने कार्यमा खटिनुकासाथै काेराेना संक्रमितलाई निशुल्क खाना खुवाउने धनिसरा दर्लामी थापा,बरिस्ठ चित्रकार तथा ललितकला प्राज्ञ यमबहादुर थापा,नृत्य प्रशिक्षक बिजया थापा पल्लीलगायतलाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ बुटवल उपमहानगर अध्यक्ष लुम बहादुर सारू,सल्लाहकार खिम हितान मगर,नेपाल मगर महिला संघ बुटवल -८ अध्यक्ष कुमारी बलाल मगर,नेपाल मगर महिला बुहारी संघ ज्याेती थापा मगर,संघका बरिस्ठ उपाध्यक्ष चक्रबहादुर राना मगर,सचिव यशपाल चाैतारेलगायतले संघको आवश्यकता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा संघका पुर्व अध्यक्ष,सल्लाहकार,कलाकार,समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो ।

अधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।