काठमाडौं,२४ माघ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकले स्थानीय
तहको निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखमा चुनाव गर्न निर्वाचन आयोगले सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने सहमति गरेपनि आयोगले ४ जेठकाे मिति प्रस्ताव गरेकाे थियो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिदै छ । संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेकोले सरकारलाई निर्वाचनको मिति घाेषणा गर्न दबाब परेको थियोे ।

४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।