काठमाडौ,२४ माघ ।
नेपाली कांग्रेसले पार्टीको केन्द्रिय प्रवक्तामा नेता डा प्रकाशशरण महतलाई जिम्मेबारी तोकेको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. महतलाई प्रवक्ता तोकेको उनका प्रमुख प्रेस सल्लाहका गोविन्द परियारले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

यसअघि प्रवक्ता रहेका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि पार्टीमा प्रवक्ताको पद रिक्त रहेको थियो ।

पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महत कांग्रेसभित्र सभापति देउवाको विश्वासपात्र मानिन्छन् ।