काठमाडौ,२३ माघ ।
नेपालमा आइतबार थप १ हजार ३८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ६८९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना कोरोना संक्रमित निको भएका छन भने ११ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ लाख ९ हजार ३४३ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ६१४ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
उनीहरुमध्ये २६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका २८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ४१०, ललितपुरका १२४ र भक्तपुरका ३२ जना रहेका छन् ।
आज कुन जिल्लामा कति जनामा कोरोना संक्रमण ?
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका बाहेक सबैभन्दा धेरै कास्कीमा ५६, कैलालीमा ५२, धादिङमा ५०, मोरङमा ३७, झापामा ३४ र चितवनमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीमा २०, बाँके र रुपन्देहीमा १८÷१८ जना, धनुषामा १६, तनहुँमा १५, सिरहा र बागलुङमा १३÷१३ जना, स्याङ्जामा ११ तथा रौतहट र पर्वतमा १०÷१० जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।







