काठमाडौं,२२ माघ ।
नेपालमा शनिबार थप १ हजार ७१४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप चार हजार ७७१ जना कोरोना संक्रमित निको भएका छन् भने ९ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै नेपालमा हालसम्म ९ लाख ६३९ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ८०३ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५१ हजार ४३४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३४६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
उनीहरुमध्ये २५१ जनाको आईसीयू र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ३१६, ललितपुरका १०४ र भक्तपुरका ४३ जना रहेका छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका बाहेक सबैभन्दा धेरै कास्कीमा ६५, मोरङमा ६१, काभ्रेपलाञ्चोकमा ४७, नुवाकोटमा ४४, सुनसरीमा २८ तथा चितवन र कैलालीमा २६÷२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मकवानपुर, पाल्पा र रुपन्देहीमा २०÷२० जना, दाङमा १८, झापा, दादिङ र कञ्चनपुरमा १४ जना, तनहुँमा १३, स्याङजामा १२ तथा धनकुटा, धनुषा र गोरखामा १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।






