काठमाडौं,२१ माघ ।
नेपालमा शुक्रबार थप २ हजार ५२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ र चार हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जना गरी २ हजार ५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जना कोरोना संक्रमित निको भएका छन भने १६ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ८ लाख ९५ हजार ८६८ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ७९४ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थप भएका संक्रमितमध्ये ७४५ जनामा कोरोना संक्रमित काठमाडौं उपत्यकाका हुन् । जसमध्ये काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकापछि सबैभन्दा धेरै कास्कीमा १०२, मोरङमा ८५, चितवनमा ६२, सुनसरीमा ५७, झापामा ४० र रुपन्देहीमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मकवानपुरमा ३२, बाँकेमा २७, बागलुङमा २५, काभ्रेपलाञ्चोकमा २४, नवलपरासी पुर्वमा २१ र बारामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।






