काठमाण्डाै,१७ माघ । नेपालमा साेमबार थप पाँच हजार २९२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर गरी १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा पाँच हजार २९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्यामा एसएमएस र इमेलबाट प्राप्त भएको आरडीटी र एन्टिजेनको विवरण पनि समावेश भएको मन्त्रालयको भनाइ छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा आठ हजार १९१ जना काेराेना संक्रमित निको भएका छन भने आठ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म आठ लाख ६२ हजार ८९८ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ७४३ जना संक्रमितको मृत्यु भएको ।
अहिले नेपालमा ७९ हजार दुई सय ७२ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै थप तीन लाख ६६ हजार ६ सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६६ लाख ७० हजार सात जनाले कम्तीमा एक मात्रा, एक करोड ४२ लाख चार हजार दुई सय ७० जनाले दुई मात्रा र तीन लाख ६९ हजार दुई सय २६ जनाले ‘बुस्टर’ मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।






