काठमाण्डाै,१६ माघ । आज पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने जल तथा मौसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाले जनाएको छ ।

तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । आज दिउँसाे काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । सँगै बादल पनि लाग्ने उनले बताइन् ।

मौसमविद् शाक्यका अनुसार पूर्णरुपमा मौसम खुल्न अझै समय लाग्ने छ । यस्तै, रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसाेको समयमा केही न्यानो भए पनि बिहान बेलुका चिसो छ ।

आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यो पौने ६ बजेको मापन गरिएको न्यूनतम तापक्रम हो । हिजोको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।