काठमाडौं,१५ माघ ।
नेपालमा शनिबार थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार १०१ पीसीआर परीक्षण गर्दा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षण गर्दा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९२४ जना कोरोना संक्रमित निको भएका छन भने ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०५, कैलालीमा १२०, काभ्रेमा ११६, कास्की र चितवनमा ११५÷११५, भक्तपुरमा १११ र धनुषामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।