काठमाडौ,१४ माघ ।
नेपालमा शुक्रबार थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमित निको भएका छन भने १० जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ८ लाख ४२ हजार ४३६ जना संक्रमित निको भएका छन भने ११ हजार ६९७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ९४० जना रहेका छन् ।

जसमध्ये काठमाडौंमा २ हजार १५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै मोरङमा २३२, कैलालीमा १४७, सुनसरीमा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापामा ८६, बाँकेमा ७३, रुपन्देहीमा ६८, काभ्रेपलाञ्चोकमा ६५, चितवनमा ६३ र बागलुङमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्वतमा ४४, कञ्चनपुरमा ४१, सिरहामा ३८, नुवाकोटमा ३५, मकवानपुरमा ३४, दाङमा ३३, तनहुँमा ३०, सर्लाहीमा २८, पाल्पामा २५, उदयपुरमा २४, स्याङ्जामा २३ तथा रसुवा र गोरखामा २२÷२२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।