काठमाण्डौ,१४ माघ ।
सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका बिषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । उनका अनुसार यी विषयमा छलफल भएपनि सहमतिबारे भने जानकारी हुन नसकेको बताए ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्नुअघि भएको सत्तारुढ दलका नेताहरुबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यस्तै बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री बीचको छलफलका विषयमा पनि कुराकानी भएको थियो ।

बिहीबार प्रधानमन्त्री देउवालाई शीतल निवास बोलाएर राष्ट्रपतिले स्थानीय निर्वाचन वैशाखमै गर्न दवाव दिएको बताइएको छ ।