काठमाडौं,१२ माघ । नेपालमा बुधबार थप ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ४३३ जना कोरोना संक्रमित निकाे भएका छन भने ५ जनाको मृत्‍यु भएको छ । । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित रहेकालाई छन् ।