काठमाडौं,११ माघ । नेपालमा मंगलबार थप १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जना गरि
१२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमित निकाे भएको छन् भने थप आठजना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।
नेपालमा हालसम्म ८ लाख २७ हजार २७९ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ६६७ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण ?
स्वास्थ्य मन्त्रालयका काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै मोरङमा ४४२, कास्कीमा ३११, सुनसरीमा २९१ र रुपन्देहीमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काभ्रेमा २१२, कैलाली र झापमा १६७/१६७, चितवनमा १५०, बाँकेमा १२१ र मकवानपुरमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै दाङ ६७, कञ्चनपुर ५९, सुर्खेतमा ४८ नवलपरासी पूर्व ४६, सिराहा ४२, धनुषा ४४, पाल्पा ४०, स्याङजा ३७, नवलपरासी पश्चिम ३२, बर्दिया ३०, गोरखा २६, धादिङ २५, सर्लाही २३ तथा अर्घाखाँचीमा २२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







