काठमाडौं,१० माघ । नेपालमा साेमबार थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २१ ह्जार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५४० जना काेराेना संक्रमित निकाे भएका छन भने ४ जनाको मृत्यु भएको छ । । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित रहेका छन् ।







