काठमाडौं, ९ माघ । नेपालमा आइतबार थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा १३ हजार ३७७ पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जना गरि ६ हजार ४६२ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना काेराेना संक्रमीत निकाे भएका छन् भने ४ जनाको मृत्यु भएकाे छ ।
हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित रहेका छन् ।






