काठमाडौ,८ माघ ।
नेपालमा शनिबार थप १० हजार २५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ
पछिल्लो २४ घण्टामा देशभर पिसिआर परीक्षणबाट ८ हजार २१२ र एन्टिजेन परीक्षणबाट २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार १८७ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ७०८ जना कोरोना संक्रमित निकाे भएका छन भने १६ जनाकाे मृत्यु भएको छ ।
नेपालमा हालसम्म ८ लाख २० हजार २८३ जना कोरोना संक्रमित निकाे भएका छन भने ११ हजार ६५१ जना संक्रमितको मृत्यु भएको छ ।
हाल नेपालमा कोरोनाबाट निको हुनेको दर ९०.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार संक्रमण पुष्टि भएका मध्ये ५ हजार ३०६ जना काठमाडौं उपत्यकाका हुन् ।
जसमध्ये काठमाडौंमा ३ हजार ७६२,ललितपुरमा १ हजार ११०
र भक्तपुरमा ४३४ जना रहेका छन् ।






