काठमाण्डाै,८ माघ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवाकाे आह्वानमा सर्वदलीय बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास लुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा संसद्को गतिरोध अन्त्य, स्थानीय तह चुनाव,काेराेना महामारी नियन्त्रण लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन ।

त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए ।

आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।