काठमाण्डाै,७ माघ ।
कोरोना संक्रमणकाे जोखिम बढ्दै गएपझ पूर्वाञ्चल विश्वविद्यालयले पनि सबै परीक्षाहरू स्थगित गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले आज एक सूचना जारी गरि कोरोना संक्रमणकाे जोखिम बढेकोले सबै परीक्षा स्थगित गरेको जानकारी गराएको हो ।

परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतद्वारा जारी सूचनामा सबै संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी सबै परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख छ ।

कोरोनाका कारण यसअघि नै त्रिवि, काठमाण्डौ विश्वविद्यालय र मध्यपश्चिम विश्व विद्यालयले पनि परीक्षा स्थगित गरिसकेका छन् ।