चितवन, ७ माघ ।
पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड केही समयअघि खुलेको छ । सडकमा खसेको सुख्खा पहिरो पन्छाएपछि झण्डै १० घण्टापछि सडक सुचारु भएको हो ।
अबरुद्ध सडक आज बिहान ११ बजेदेखि दुई तर्फी खुलेको चितवन प्रहरीले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप छ । हतार नगरी यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।






