बुटवल,७ माघ । नेपाली कांग्रेस (बिपी) ले आजदेखी भ्रष्टाचार, धर्म निरपेक्षता र संघीयताकाे बिराेध तथा राष्ट्रियता र सुशासनका लागि एक महिने जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।

अभियानका क्रममा मुलुकमा ब्याप्त भ्रष्टाचार,महंगी तथा राष्ट्रियता र राष्ट्रिय स्वाधीनता बिराेधी कार्यकाे भण्डाफाेर गरिने पार्टीका महामन्त्री देवेन्द्रप्रकाश पाैडेलले जानकारी दिए ।
राष्ट्रियता र राष्ट्रिय स्वाधीनताकाे रक्षाका लागि जनजागरण अभियान सञ्चालन गर्न पार्टीले सातवटै प्रदेशमा जिम्मेवारी ताेकेकाे छ ।
जस अनुसार बागमतीमा पार्टीका उपसभापति पुश्पराज पराजुली,लुम्बिनी प्रदेशमा महामन्त्री देवेन्द्रप्रकाश पाैडेल,प्रदेश १ मा महामन्त्री भक्तराज भुसाल,मधेस प्रदेशमा बरिस्ठ उप सभापति गाेविन्द प्रसाद शर्मा,गण्डकी प्रदेशमा उप सभापति भरतराज शर्मा,सुदुरपश्चिम प्रदेशमा उप सभापति बिष्णु प्रसाद ढकाल र कर्णाली प्रदेशमा बरिस्ठ उपसभापति झलकनाथ वाग्लेलाई जिम्मेवारी दिइएको छ ।
आजदेखि सुरु हुने जनजागरण अभियान फागुन ७ गते सातवटै प्रदेशमा सभा गरेर समापन गरिने महामन्त्री पाैडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।