काठमाडौ,६ माघ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।
नेविसंघ नेतृ एलिजा ढकालको नेतृत्वमा आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो ।
उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
आफ्नो पार्टी सरकारमा भएपनि सडकमा उभिएर प्रश्न सोध्न आनाकानी गर्न हुँदैन भनेर जनताको साझा सरोकारको मुद्दा लिएर माइतीघर आएकाे नेतृ ढकालले बताइन् ।
निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्विकाे बिपक्षि दल निकट विद्यार्थी संगठनले पनि बिराेध जनाएको छ ।






