काठमाण्डाै,६ माघ । नेपालमा बिहीबार थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी २७ हजार ४९७ जनाको नमूना परिक्षण गर्दा ४४ दशमलव ८७ प्रतिशत अर्थात् १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण पुष्टि भएका मध्ये ६ हजार ९८१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ६४९ जना काेराेना संक्रमित निको भएका छन भने चार जनाकाे मृत्युु भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर गरी ५७ हजार ३२८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार दुई सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।






