काठमाडौं, ६ माघ । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले पनि परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

आज बसेको आयोगको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको आयाेगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु पनि हाललाई स्थगित भएका छन् ।

देशभर कोरोना संक्रमणको दर बढेकाे र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि परीक्षा स्थगित गर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।