बुटवल,६ माघ ।
अलाैकिक पिताश्रीकाे नामले परिचित ब्रह्मा बाबाको ५३ औं स्मृति दिवस बिहीबार ग्लोबल पिस रीट्रीट सेन्टर बुटवलकाे तामनगरमा मनाईएको छ ।
स्मृति दिवसको अवसरमा विश्व शान्ति योग दिवस पनि मनाईएको हो । विश्वभर जनवरी १ बाट सञ्चालन गरिएको त्रीदिवसीय बिश्व शान्ति तपस्या योगको समापन पनि बिहिबार नै गरिएको छ । भारतको हैदराबादमा जन्मिएका दादा लेखराजले ६० वर्षको उमेरमा ध्यानमा बस्दा शिवअवतरण भई ज्ञान प्राप्त गरेको र त्यही ज्ञानलाई ब्रह्मकुमारी विश्वविद्यालय स्थापना गरेर अहिले विश्वभर प्रचार प्रसार गरिएको सेन्टरले जनाएको छ ।

बाबाको स्मृति दिवसको अवसरम योग सञ्चालन गर्दै आएको ग्लोबल पिस रीट्रीट सेन्टर बुटवलले जनाएको छ । कार्यक्रममा मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक श्वामी लोकानन्द महाराजले ग्लोबल पिसी सेन्टर अहिले संस्कृति र प्रकृत्ति बिचको सम्बन्ध बनेको बताउँदै आपसी भाईचारा अभिृबद्धि गर्दै शान्ति स्थापना सहयोग पुराएको बताए ।

कार्यक्रमको प्रमुख अथिति समेत रहेका उनले हरेक मानिस बच्चा बन्न सके जीवनमा सच्चा बन्न सकिने बताउँदै राजयोग र साधनबाटै ब्रह्मचारी बन्न सकिने बताए ।
बह्मकुमारी नेपालका सह–निर्देशिका बह्मकुमारी कमलाले ध्यान र योगबाट नै मनमा शान्तिको स्थापना हुने भएकाले ब्रह्मा बाबाको स्मृतिमा विश्व भर योगको आयोजना गर्दै आएको जानकारी दिईन ।

अहिले मानिस आध्यात्मिक सुख भन्दा पनि भौंतिक सुखमा रमाई रहेको उनले बताउँदै ध्यान र योगबाट नै मानिसलाई आध्यमित्क शान्ति मिल्ने दाबी गरिन ।
ब्रह्मकुमारीका अन्र्तराष्ट्रिय प्रशिक्षक राजु घलेले प्राकृतिक प्रकोप,गृहयुद्ध र तेश्रो विश्व युद्धबाट नै कलियुगको अन्त्य हुने दाबी गरे ।
उनले कलियुगको अन्त्यको समय नजिक आईरहेको संकेत गर्दै आत्मालाई परिवर्तन गर्दै अध्यात्मिक बन्नको लागि शुझाब दिए । उनले नराम्रो स्वभाव त्याग्न सके आत्मा पवित्र बन्ने दाबी गरे । यस्तै कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले धर्मले मानिसलाई अनुसासनमा राख्ने भएकाले धर्म संविधान जस्तै भएकाले पालना गर्नु पर्ने बताईन ।
मनशान्ती र उर्जावान बन्नको लागि योगको आवश्यकता रहेको उनले बताउँदै ब्रह्मकुमारी विश्वविद्यालयले यसमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरिने । कामधेनु गौशालाका सञ्चालक योगि शोमराज जि महाराज , शिव पितृ स्मृति धाम तामनागरका सन्त श्री महिशरण , ब्रह्मकुमारी बुटवलका सचिब ब्रह्मकुमार नरेन्द्र , बह्कुमार भरत लगायतले कार्यक्रममा बोलेको बह्मकुमार ऋषिरामले जानकारी दिए ।