काठमाडौं,५ माघ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएकोमा २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो ।

सरकारी प्रयोगशालाले लिदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा. अधिकारीले जानकारी दिए ।

निजी प्रयोगशालाले भने पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँसम्म लिन पाउनेछन् ।