बुटवल,५ माघ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सहित परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । ८ महिनापछि आफूसहित सपरिवारलाई फेरि कोरोना संक्रमण पुष्टि भएको महामन्त्री शर्माले सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।

महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । सार्वजनिक कार्यक्रममा सतर्कता अपनाउन नसक्दा कोरोना संक्रमण भएको बताउँदै आत्मालोचनासमेत गरेका छन् ।

उनले लेखेका छन् :-

८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु l लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR, आज सबैको रिपोर्ट- Positive l चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन l एकसातामा फर्किन्छु काममा l भेट र सम्पर्क असुविधाप्रति सबैसंग बिनम्रतापुर्वक क्षमा चाहन्छु !