काठमाडौं, ४ माघ । नेपालमा मंगलबार एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा १७ हजार ८७२ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ७३० र ४ हजार ९५६ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जना गरी १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६२ जना काेराेना संक्रमित निकाे भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।