काठमाडौं,२ माघ । नेपालमा आइतबार थप ४ हजार ९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४३५ जना काेराेना संक्रमित निकाे भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेका छन् ।






