हेटौंडा,२ माघ ।
मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्लाकाे मनहरी गाउँपालिका वडा नम्वर–७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडकमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना २ क ४३१ नम्बरको खाली टिपरले आइतबार बिहान सोही दिशामा रहेको ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको
प्रहरी नायव उपरिक्षक रिमालले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१२ बस्ने ५७ बर्षीय महेन्द्र रेग्मी घाइते भएका छन् । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको र घटना बारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






