काठमाण्डौ,२ माघ ।
साेमबारका लागि बाेलाइएकाे प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका स्थगित भएको छ ।
यसअघि भोलि दिउँसो एक बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना संक्रमण जोखिमको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणकाे जोखिमका कारण माघ तीन गतेका लागि बोलाइएको बैठक माघ १६ दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा जनाइएको छ ।
त्यसैगरी भाेलिका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।






