काठमाडौं,१ माघ ।
नेपालमा शनिबार थप ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४१२ पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ र ४ हजार १४४ एन्टिजेन परीक्षण गर्दा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ ।