काठमाडौं,२७ पुस । नेपालमा मंगलबार थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३८५ जनामा परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३५ हजार ९२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ५०४ जना पुगेको छ।
त्यस्तै आज थप ३१३ जना कोरोना संक्रमीत निकाे भएका छन् भने थप १ को मृत्यु भएको छ ।
नेपालमा हालसम्म ८ लाख १४ हजार ७९८ जना कोरोना संक्रमीत निकाे भएका छन् भने ११ हजार ६०७ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ ।
नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।






