काठमाण्डाै,२५ पुस । नेपालमा आइतबार थप एक हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १२ हजार ६३२ जनाको नमुना परीक्षण गर्दा नौ दशमलव २३ प्रतिशत अर्थात् एक हजार १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ६ १५ जना काठमाण्डाै उपत्यकाका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित निको भएका छन भने साेही अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा ६ हजार ७५५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लाे २४ घण्टामा ४५ हजार चार सय ९३ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।






