काठमाण्डौ,२२ पुस ।
नेपालमा बिहीबार थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर गरी १२ हजार ९९ सय जनाको नमुना परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २७१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन भने एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म आठ लाख १३ हजार ४४७ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ६०२ जना संक्रमितको मृत्यु भएको छ ।
हाल नेपालमा पाँच हजार ४३१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच गएको २४ घण्टामा एक लाख २० हजार ६ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड नौ लाख चार हजार आठ सय ५९ जनाले पूर्ण मात्रा र एक करोड ४७ लाख ३७ हजार चार सय ३३ जनाले एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।






