बुटवल,२० पुस ।
बुटवल स्थित तिनाउ–दानव करिडोर पिडित संघर्ष समितिले आज बुटवल उपमहानगरपालिकामा चम्चाले थाल बजाएर धर्ना दिएको छ ।

संघर्ष समितिका उपाध्यक्ष उपाध्यक्ष राजुशाहीको नेतृत्वमा करिव तीन सय जनाको समुहमा रहेकापिडितहरुले नगरपालिका गेट अगाडी चम्चाले थाल ठटाउदै सुतेर प्रदर्शन गर्नुका साथै आज मध्यान्ह १२.१५ देखि १.१५ सम्म धर्ना दिएका हुन् ।

धर्नापछि आयोजित कोण सभामा बोल्दै संघर्स समितिका सल्लाहकार बिरेन्द्र बिकले पिडितहरुको उचित ब्यवस्थापन र क्षतिपूर्ती दिनुपर्ने माग गर्दै आफुहरुका माग पुरा नभए जनप्रतिनिधिहरुलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिए ।

पिडितहरुको माग पुरा गर्नुको सट्टा मेयर शिवराज सुबेदीले पिडितहरुलाई मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबासको ब्यवस्था मिलाउने भनि भ्रम फैलाउने काम गरेको आरोप लगाउदै उनले आफुहरुका माग पुरा नभए कालो मोसो दल्न पछि नपर्ने चेतावनी समेत दिए ।

अर्का सल्लाहकार बामदेव भुसालले मेयर सुबेदी संघर्ष समितिसँग छलफल गर्न समेत तयार नभएको भन्दै जनताको प्रतिनिधि भए जनताको विचमा किन नआएको भनि प्रश्न गरे ।

यसअघि बुटवल उपमहानगरपालिका ११ मझुवाबाट पुरानो वसपार्क,अमरपथ हुदै नगरपालिका पुगेका पिडितहरुले करिडोर पिडितहरुको उचित ब्यवस्थापन गर,भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दे, बिकासको नाममा जनताको विचल्लि र विनास गर्न पाइदैन लगायततका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

चरणवद्ध आन्दोलन गर्दै आएको संघर्ष समितिहरुले माग पूरा नभए यही पुस २२ गते अर्धनग्न प्रदर्शन र २५ गते स्थानीय निकायमा तालाबन्दी गर्ने तथा त्यस पछिपनि मागपुरा नभए जनप्रतिनिधि लाई सामजिक वहिस्कार गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।