बुटवल,१९ पुस ।
अन्तराष्ट्रिय बैज्ञानिक संस्था नासाका प्रोफेसर डा.रामहरी सुबेदीले राज्यले चाहे सूचना प्रबिधिको क्षेत्रमा मात्रै लाखौंको संख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् ।

सोमबार बुटवलमा उद्योगि ब्यवसायीहरुसँगको भेटघाटका अवसरमा प्रोफेसर सुबेदीले सूचना र प्रबिधिको क्षेत्रमा छिमेकी मुलुक लगायत बिश्वका धेरै मुलुकहरुले ठूलो फड्को मारे पनि नेपाल भने त्यसमा पछि परेको देखेर चिन्ता लाग्ने गरेको बताए ।

थुप्रै नेपाली बैज्ञानिकहरु युरोप,अमेरीका लगायतका बिभिन्न मुलुकका बैज्ञानिक संस्थाहरुमा कार्यरत रहेको भन्दै उनले राज्यले चाहे उनिहरुलाई स्वदेशमै परिचालन गरी सुचना प्रबिधिको क्षेत्रमा लाखौंको संख्यामा रोजगारीका अवसर सिर्जना गर्न सकिने धारणा राखे ।

पछिल्लो समय प्रबिधिको प्रयोग अनिवार्य जस्तै भएकोले नेपालमा त्यसको बढ्दै गएपनि त्यसको राम्रो ज्ञान नहुदा बैंकमा राखेको रकम समेत सूरक्षीत नहुने गरेको उनको भनाई थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिब राजेन्द्र थापाले पछिल्लो समय राज्यका हरेक क्षेत्रमा सुचना प्रबिधिको प्रयोग बढेपनि दक्ष जनशक्तिको अभावमा प्रबिधिको उचित उपयोग हुन नसकेको बताए ।

केही राजनीतिक ब्यक्ति र कर्मचारीले राम्रो गर्न चाहेपनि धमिलो पानिमा माछा मार्ने बानि परेकाहरुले प्रबिधिको प्रयोगलाई निरुत्साहीत गर्ने गरेको उनको भनाई थियो ।

योग्यता,दक्षता र क्षमता भन्दा पनि आफ्नो मान्छे भर्ना गर्ने प्रबृत्तिका कारण दक्ष जनशक्तिको अभावमा अन्य देशले उपलब्ध गराईदिएका प्रबिधि समेत प्रयोगबिहीन भएको भन्दै उनले प्रबिधिको प्रयोग गरेर फाइदा लिने कुरामा राज्य चुकेको बताए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डे,बुटवल नगरपालिकाका पुर्व नगर प्रमुख पुनाराम पोखरेल,नेपाली कांग्रेसका क्षेत्रिय उपसभापति बिमलराज भट्टराई लगायतले आ आफ्नो भनाई राखेका थिए ।