काठमाण्डौ,१९ पुस ।
नेपालमा सोमबार थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी १२ हजार ४९८ जनाको नमुना परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमित निको भएका छन भने भने दुई जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म आठ लाख १२ हजार ६ सय ७४ कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५९८ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले नेपालमा पाँच हजार पाँच जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ४४ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड पाँच लाख ९७ हजार सात सय ९७ जनाले पूर्ण मात्रा र एक करोड ४३ लाख ६० हजार ६ सय ८३ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।