काठमाण्डौ,१७ पुस ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदा बन्दसत्रले पारित गरेपछि अहिले चुनावी प्रक्रिया सुरु भएको हो ।
माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार ७४२ जनाको मतदाता नामवली प्रकाशन गरेको छ ।
माओवादीमा १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी हुने प्रावधानसहितको विधान मस्यौदा पारित भइसकेको छ ।






