बुटवल,१६ पुस ।
कृषि खाद्य प्रविधी तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा ‘मोडेल फार्म स्थापनाको लागि प्रदेशका अधिकृत स्तरको अभिमुखिकरण गोष्ठी’ शुक्रबार बुटवलमा सम्पन्न गरेको छ ।
कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाको अध्यक्षता तथा मन्त्रालयका महाशाखा प्रमुख अमरराज शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा गोष्ठी भएको हो ।
गोष्ठीमा कृषि ज्ञान केन्द्र, एकिकृत कृषि कार्यालयका प्रमुख तथा अधिकृतहरुले आ आफ्नो कार्यलयको हरित स्वमसेवकहरुले स्थापना गरेको मोडेल फार्मको विषयमा कार्यपत्र प्रस्तु गरेका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख तथा पुर्व योजना प्रमुख भुमि व्यवस्थ कृषि तथा सहकारी मन्त्रालयका सन्देश धितालले नमुना फार्मको विषयमा हुनुपर्ने आधारभुत तत्व तथा अन्य विषयबस्तुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै मन्त्रालयका महाशाखा अमरराज प्रमुख शर्मा घिमिरेले कार्यालयमा नमुना फार्म स्थापनाको मोडेल के ?, किन र कसरी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कृषि विकास निर्देशनालय बुटवलका कृषि प्रसार अधिकृत आशा भण्डारीको सञ्चालनरहेको कार्यक्रममा राम प्रसाद पाण्डे,रामगोविन्द आर्या, राम बहादुर खत्री, दयाराम बस्याल, अनिल कुमार बाँनिया लगायत ४७ जनाको सहभागीता रहेको थियो ।






