sf7df8f}F, !% k';M dxflwj]zg aGb;qdf ;xefuL g]skf -dfcf]jfbL s]G›_sf] cf7f}F /fli6«o dxflwj]zgdf k|:t't k|ltj]bgdfly ;d"xut 5nkmnkl5 aGb;qdf cWoIf k'iksdn bfxfn …k|r08Ú nufot ;xefuL . tl:a/ M /Tg >]i7÷/f;;

काठमाण्डौ,१५ पुस ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम आज सकिएको छ ।

काठमाण्डौको प्रज्ञा भवन कमलादीमा चलिरहेको बन्द सत्रमा आज बिहीवार थप १४ वटा समूहका टोली नेताले समूहगत निष्कर्ष र सुझाव दिएका हुन् । उनीहरूले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले भोलि शुक्रवार जवाफ दिने माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ । आजै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भए पनि अध्यक्ष प्रचण्डले जवाफ दिनका लागि समय मागेपछि नेतृत्व चयन प्रक्रिया भोलिका लागि तय भएको हो ।

आज नेकपा माओवादी केन्द्रको महाधिवशेनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका थिए ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता न्यौपानेले फरक मत राखेका हुन् । उनले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको, नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको, भारतको थिचोमिचोविरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको, पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका मत राखेका थिए ।