पुस,१५ बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले सबै समुदायको भाषा, धर्म सस्कृतिको विकास र समृद्धीका लागि प्रदेश सरकार प्रतिद्ध रहेको बताएका छन् ।
तमू ल्होसार २०७८ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकार सबै समुदायको भाषा, धर्म सस्कृतिको विकास र समृद्धीका लागि प्रदेश सरकारले पहल गर्दैन आएको र आगामी दिनमा पनि पहल गर्ने प्रतिद्धता जनाएका हुन् । विज्ञप्तीमा भनिएको छः–“ गुरुङ समुदायको महान पर्व “तमु ल्होसार–२०७८” को अवसरमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । । साथै हाम्रो लुम्बिनी प्रदेशमा बसोबास गरी रहनुभएका गुरुङ समुदायको भाषा, धर्म, सँस्कृतिको विकास र समृद्धीका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”
नेपालको संविधानले सबै समुदायको भाषा सँस्कृतिकाे विकासका लागि समान अधिकार प्रदान गरेको बताउँदै मुख्यमन्त्री केसीले अधिकारका लागि हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण रहेको जनाएका छन् ।
विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सकिने भन्दै मुख्यमन्त्री केसीले यसै भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाती, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गरेका छन् ।
नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै मुख्यमन्त्री केसीले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने बताएका छन् ।
विगतका भएका तमाम परिवर्तनका आन्दोलनहरुले सबै समुदायलाई राज्यको मुलधारमा ल्याउन व्यवस्थ गरिएको समाबेसी, समानुपातिक अवधाराणले सबै समुदायको समानुपातिक विकास गरेको जनाउँदै मुख्यमन्त्री केसीद्वारा जारी शुभकाना सन्देशमा भनिएको छ ः–“आन्दोलनबाट प्राप्त उपलब्धिकाे रूपमा हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ । यसै अनुरुप सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु ।”

लुम्बिनी प्रदेशलाई सबै समुदायको साझा प्रदेशको रुपमा विकास गर्नका लागि सबै समुदायलाई आगह गर्दै शुभकामना सन्देशमा भनिएको छ “यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु । तमु ल्होसार–२०७८ को अबसरमा प्रदेशवाशीको हर्ष, उल्लास, सद्भाव पूर्ण भावना कायम रहोस् । समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीहरुमा पुनः तमु ल्होसार–२०७८ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ”