कपिलवस्तु,१४ पुस ।
प्राचिन कपिलवस्तु स्थित ४ वटा बुद्धस्थलमा पुगेर ७३ जना उपासिकाहरुले बिशेष पुजापाठ गरेका छन ।
लुम्बिनी स्थित राेयल थाई मोनास्ट्री र बिश्व शान्ति बिहारको अगुवाईमा नेपालका बिभिन्न स्थानबाट आएका उपासिकाहरुले बुद्ध शिक्षा ग्रहण गरी बिशेष पुजापठा गरेका हुन् ।
उनीहरुले बुद्धको क्रिडास्थल तिलौराकोट, निग्राधराम कुदान, निग्लिहवा र गाटीहवा अशोक स्तम्भमा पुगेर बुद्ध शिक्षा ग्रहण समेत गरेका हुन । ८ दिने बिशेष ध्यानकालागि जम्मा भएका उनिहरू लुम्बिनी हुदै कपिलवस्तु पुगेका हुन् । भिक्षु सुपोतले उनीहरुलाई बुद्ध शिक्षा र बुद्धस्थलका बारेमा जानकारी गराएका थिए । upasika 1.jpg
उपासिकाहरुले बुद्ध स्थलमा पुगेर पूजापाठ सहीत शिक्षा ग्रहण गर्न पाउदा आफहरुले शान्तिको महसुस गरेका बताए । उपासिकाहरुको ब्यवस्थापन लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले गरेका थिए ।
तिलौराकोट बुद्धले २९ बर्ष बिताएको ठाउ हो भने कुदान बुद्धत्व प्रापत गरे पछि आफना परिवारसंग बुद्धले भेट गरेको स्थान हो । यस्तै कुदान क्रकुछन्द र निग्लिहवा कनकमुनीको जन्म थलोकारुपमा मानिएको छ ।